+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
सम्पादकसँग प्रधानमन्त्री :

‘बल आएपछि ब्याटिङ त गर्नैपर्‍यो, चित्त नदुखाउनु होला’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते १९:०७

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मन र मुट नभएका सम्पादकहरु’ भनेको विषयमा स्पष्टीकरण दिएका छन् ।

हालै एक कार्यक्रममा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामबारे लेख्ने ‘मन र मुटु भएका सम्पादकहरु नभएको’ टिप्पणी गरेका थिए । प्रधानमन्त्रीको यो अभिव्यक्तिको आलोचना मात्र भएन, सम्पादकहरुले प्रतिउत्तर पनि लेखमार्फत दिए ।

मंगलबार प्रधानमन्त्री ओलीले प्रमुख सञ्चार माध्यमका सम्पादकहरुलाई भेटेका छन् र, सरकारले प्रेस स्वतन्त्रता हनन नगर्ने भन्दै नआत्तिन आग्रह गरेका छन् ।

लगातार आफ्नो आलोचना भएपछि आफूले जवाफ दिनु स्वाभाविक भएको भन्दै उनले भने, ‘यताबाट बलिङ गरेपछि यताबाट ब्याटिङ गर्नैपर्‍यो, चित्त नदुखाउनु होला ।’

प्रधानमन्त्री ओलीले सरकार सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?