+
+
Shares

दुई वर्षमा सरकारी उद्योगबाट फलाम उत्पादन हुन्छ : उद्योगमन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते ११:५४

२२ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुई वर्षभित्रै सरकारी उद्योगबाट फलाम उत्पादन थालिने दाबी गरेका छन् ।

नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी क्षेत्रको अवलोकन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । मन्त्रालयको उद्योग सम्बद्ध अधिकारी सम्मिलित अवलोकनमा उनले उद्योग सञ्चालनमा कुनै ढिलाई नगर्न निर्देशन पनि दिए ।

फलाम उद्योग सञ्चालनका लागि  चालु आर्थिक वर्षको बजेटमा सरकारले १ अर्ब विनियोजन गरिगरेको छ । एक वर्षभित्रै व्यावसायिक उत्पादन गर्ने दाबी गरिएको खानी उत्खनन र उद्योग स्थापनार्थ बजेटको कुनै कमी हुन नदिने अर्थमन्त्रालयले यस अघिनै प्रतिबद्ध जनाई सकेको छ ।

खानी तथा भूगर्व विभागको प्रारम्भिक अध्ययन अनुसार  हुप्सेकोट ५ को ४ स्थानमा १० करोड टन फलामको कच्चा पदार्थ रहेको अनुमान गरिएको छ । उक्त खानीबाट ४० प्रतिशत स्पोन्ज फलाम उत्पादन भएमा ४ करोड टन फलाम उत्पादन हुने मन्त्रालयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?