Comments Add Comment

ओमानसँग १८ रनले हार्‍यो नेपाल

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो ।

कीर्तिपुस्थित त्रिवि मैदानमा नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो ।

ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

नेपालको लागि शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् ।

त्यसअघि करण केसीले ४ र सुशन भारीले ३ विकेट लादा नेपालले ओमानलाई १९७ रनमा रोक्न सफल भएको थियो ।

पहिलो ओभरको अन्तिम बलमा करण केसीले जतिन्द्र सिंहलाई आउट गर्दै सुखद शुरुआत दिएका थिए । ओमानलाई दबाबमा राख्ने क्रममा करणले नै सातौ ओभरको चौथो बलमा अर्का ओपनर खावर अलीलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।

१३औं ओभरको तेस्रो बलमा दीपेन्द्रले डाइरेक्ट हिटमार्फत १६ रन बनाएर अकिब इल्यासलाई रनआउट गरे । १९औं ओभरमा डेब्युटान्ट सुशन भारीले दुई विकेट लिँदै ओमानलाई थप दबाबमा राखे । उनले चौथो बलमा कप्तान जिसान मक्सुदलाई एलबीडब्लु आउट गरे । त्यसपछि त्यस ओभरको अन्तिम बलमा सुरज कुरमालाई कप्तान ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । नेपाली मुलका सुरज कुमराले खाता समेत खोल्न सकेनन् ।

१९ ओभरमा ५ विकेट गुमाएर ५७ रन बनाएको ओमानी इनिङ्स सुरुमै धर्मराएको थियो । घरेलु दर्शकको समर्थन पाएको नेपालल गतिलो शुरुआत गरे पनि ओमानले मध्यक्रमले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई पुनरागमन गराए ।

पाँचौ‌ नम्बरमा ब्याटिङ गरेका मुहम्मद नदिम र सन्दिप गौडले छैटौँ विकेटका लागि अर्धशतकिय साझेदारी गरे । यी दुईले ६० विकेटको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । साझेदारीपछि ओमानले ११७ रन बनाएको थियो ।

३९औं ओभरको चौथो बलमा सुशनले उक्त साझेदारी तोडे । सुशनले गौडलाई विनौ भण्डारीको हातबाट स्मटम्प आउट गराए । गौडले ७१ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३३ रन योगदान गरे । त्यसपछि नेपालले नियमित अन्तरमा विकेट लिन थाल्यो तर नदिमले अन्तिमसम् क्रिजमा रहँदै ब्याटिङ गर्दै ओमानको लागि मध्ययम स्कवर बनाउन सहयोग गरे ।

४२औं ओभरमा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका बादल सिंहलाई रोहित पौडेलबाट कयाचबउट गराए । त्यसपछि नदिमले नसिम खुशीसंग ४२ रनको साझेदारी गरे । नवौं नम्बरमा ब्याटिङ गरेका खुशीले १८ बल खेल्दै २८ रन बनाए। उनले २ चौका र २ छक्का प्रहार गरे ।

नेपालका करण केसीले खुशीलाई र कलिमुल्लाहलाई एके ओभरमा आउट गरे । ४८औं ओभरको पहिलो बलमा करणले खुशीलाई शरद भेषावकरबाट क्याचआउट गराए । त्यही ओभरको चौथो बलमा कलिमुल्लाहलाई विनोद भण्डारीले क्याचआउट गरे ।

११औं नम्बरमा आएका बिलाल खानले मुहम्मद नदिमसंग अन्तिमसम्म ब्याटिङ गरे । नदिमले अविजित ६९ र बिलाल खानले अविजित ८ रन बनाए ।

नेपालको लागि करण केसीले ४ विकेट लिए । तर यसै खेलबाट ओडिआईमा डेब्यु गरिरहेका सुशन भारीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएर डेब्यु यादगार बनाए ।

करणले ९ ओभरमा १ मेडन ख्द ४७ रन खर्चेर ४ विकेट लिए । सुशनले १० ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । अर्को डेब्युटान्ट बलर अभिनाष बोराले ९ ओभरमा २ मेडनराख्दै ३८ रन खर्चे भने विकेट लिन सकेनन् । सन्दीप लामिछानेले पनि विकेट लिन सकेनन् । उनले १० ओभरमा ४५ रन खरचेर भने १ मेडन राखे ।

१९८ रनको लक्ष्य पछ्याएको नेपालको शुरुआत राम्रो हुन सकेन । कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काको जोडीले ओपनिङ गरेपछि दर्शकको अपेक्षा अनुसार ब्याटिङ गर्न सकेनन् । ज्ञानेन्द्र १ र पारस ३ रन बनाएर आउट भए ।

सुरुको दुई ओभरमा नेपालले रन जोड्न सकेन । ज्ञानेन्द्र चौथो ओभरको पाँचौ बलमा आउट भए भने पारस पाँचौ ओभरको तेस्रो लमा आउट भए । दुई अनुभवी खेलाडी आउट भएपछि सुरुमै धक्का लागेको नेपाली यनिङ्स शरद भेषावकर र उपकपतान दीपेन्द्र सिंह ऐरीले सम्हाले ।

शरद र दीपेन्द्रले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । दीपेन्द्रले २१औ ओभरको तेस्रो बलमा आउट हुनुअघि ३६ रन बनाए । उनले ५७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । त्यसपछि नेपालले २४औ ओभरमा लगातार २ विकेट गुमायो । आरिफ शेख २ र रोहित कुमार पौडेल १ मा आउट भयो ।

ओमानका कप्तान जिसन मक्सुदले आरिफलाई पहिलो बलमै कट एण्ड बोल्ड गरे । लगतै उनले रोहितलाई खावर अलीबाट क्याचआउट गराए । ओमानका लागि कप्तान जिसनले मात्रै ३ तथा बिलाल खान र कलिमुल्लाहले २-२ विकेट लिए । मक्सुले १० ओभरमा ३ मेडन राख्दै ३० रन खर्चिए ।

नेपालले ७३ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर शरदले एक छेउबाट सम्हालिरहेका थिए । विकेटकिपर विनोद भण्डारीसंग शरदले ४३ रनको साझेदारी गरे । यी दुईले राम्रो साझेदारी गरिरहेको बेला ३४औं ओभरको पहिलो बलमा विनोद भण्डारी आउट भए । विनोदलाई खावर अलीले सन्दिप गौडबाट क्याचआउट गराए ।

नेपालले ११६ रन हुँदा छैटौँ विकेट गुमायो । त्यसपछि करण केसी क्रिजमा गए । तर करण खाता नखोली आउट भए । ८ बल खेलेका करण ३७औं ओभरको चौथो बलमा कलिमुल्लाहको बलमा नसिम खुशीको हातबाट क्याचआउट भए ।

करण आउट भएपछि स्पीनर सन्दीप लामिछाने आठौं नम्बरमा ब्याटिङ गर्ने पुगे । ३८औ ओभरको पाँचौ बलमा सिंगल लिँदै शरदले अर्धशतक पूरा गरे । अर्को बलमा सन्दीपले बाउन्ड्री प्रहार गर्न खोजेका थिए । ओमानी फिल्डरले बल क्याच गरे पनि सम्हाल्न सकेनन् र सन्दीप बचे ।

शरदलाई गतिलो साथ दिएका सन्दीपले ३९औं ओभरमा १ छक्का र ४०औं ओभरमा १ चौका प्रहार गर्दै खेललाई रोमाञ्चक बनाए । सन्दीपले ४२औं ओभरमा २ चौका प्रहार गर्दै नेपालको लागि आशा जगाएका थिए । उनले १८ बलमै २७ रन बनाउ शरदलाई राम्रो साथ दिए । शरद र सन्दीपले आठौं विकेटका लागि ३६ रनको साझेदारी गरे ।

शरद ४४औं ओभरको पहिलो बलमा अकिब इलयासको बलमा बोल्ड भए । उनले १०८ बल खेल्दै ५ चौकाको मद्दतमा ५५ रन जोडे । सन्दीप लामिछाने पनि ४५औं ओभरको पहिलो बलमा आउट भएपछि नेपालको जितको सम्भावना लगभग सकिएको थियो ।

सन्दीप जिसन मक्सुदको बलमा खावर अलीबाट क्याचआउट भए । ४७औं ओभरको पाँचौ बलमा सुशन भारी आउट भएपछि नेपाल १८ रनले पारजित भएको हो । ८ रन बनाएका सुशनलाई विलाल खानले सुरज कुमारबाट क्याचआउट गराए ।

सिरिजको पहिलो खेलमै पराजित भएपछि नेपाल विश्वकप लिग २ मा अंकविहिन छ । जितपछि ओमानले भने १० अंक जोडेको छ । सिरिज अन्तर्गत नेपालले अर्को खेल अमेरिकासँग खेल्नेछ । बिहीवार अमरिका र ओमनबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment