Comments Add Comment

नेकपा अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको भेटवार्ता, शान्ति प्रक्रियाबारे छलफल

प्रचण्डसँग भेटवार्ता गर्दै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट । फोटो : प्रचण्डको सचिवालय

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन् । बिहीबार विहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । शान्ति प्रक्रियाबारे के-के कुराकानी भयो भन्ने बारेमा भने दुवै पक्षले खुलाएका छैनन् ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए । ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले आर्थिक नेपालको समृद्धिको अभियानमा बेलायतको सहयोग अपरिहार्य रहेको पनि बताएका थिए ।

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गरेको स्मरण गर्दै नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment