Comments Add Comment

चितवन प्रिमियर लिगको उपाधिका लागि राप्ती र सौराहा भिड्ने

२३ माघ, चितवन । प्रथम चितवन पि्रमियर लिग (सीपीएल) क्रिकेटको उपाधिका लागि सौराहा स्यान्ड्स र राप्ती र्‍यापिड्स भिड्ने भएका छन् ।

आज (बिहीबार) सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाजमाथि रोमाञ्चक जित हात पार्दै सौराहाले राप्तीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
क्याम्पाचौरमा भएको खेलमा भरतपुर गुर्खाजले दिएको ८६ रनको लक्ष्य सौराहाले ३ बल बाँकी रहदा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

सौराहालाई अन्तिम ओभरमा जितका लागि १ रन आवश्यक थियो । अन्तिम ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै अनुज चनराले सौराहाको जित सुनिश्चित गरे । त्यसअघि राजेश ढकालले २८ बलमा ४ चौका र एक चक्का प्रहार गर्दै ३४ रन बनाए । यस्तै, आकाश चन्द ११ तथा प्रशान्त महत ९ रनमा पेभिलियन फर्किए ।

खेलको म्यान अफ दि म्याच सौराहाका लेग स्पिनर सुवर्ण भट्ट घोषित भए ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार विहान ११ बजे सुरु हुनेछ । लिगमा लगातर ४ खेलमा जित हात पारेको राप्ती समूह शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले एक लाख पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीले नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment