Comments Add Comment

बलिउड सेलिब्रेटी : उमेर ढल्कदै जाँदा झन् जवान

जति-जति उमेर ढल्कदै जान्छ, हाम्रो जवानी निथ्रिदै जान्छ । हाम्रो रुपरंग फिका हुन्छ । हाम्रो अनुहारमा त्यस्तो चमक रहँदैन, जुन वैशालु उमेरमा थियो ।

तर, बलिउड सेलिब्रेटी यसको अपवाद हुन् ।  हिजो करियरका सुरुवाती दिनमा उनीहरु जस्ता थिए, आज अरु जवान देखिन्छन् । परिपक्कता त देखिने नै भयो ।

जस्तो दबंग ब्वाई सलमानलाई हेर्नुहोस् । उमेरले ५४ बर्ष नाघिसकेका उनी अहिले स्मार्ट देखिन्छन् । बीबी हो तो ऐसी शीर्षकको फिल्मबाट करियर थालेका उनी मैने प्यार कियाबाट एकाएक चर्चामा आए । करियरको यो लामो दौडमा उनी अझै उस्तै छन्, उत्तिकै आकर्षक छन् । अझ, करियरको पूवर्द्धमा भन्दा बढी योङ र स्मार्ट देखिन्छन् उनी ।

काजोल ४५ बर्षकी भइन् । उनले बेखुदी नामक फिल्मबाट करियर थालेकी थिइन् । १९९३ मा प्रदर्शित फिल्म बाजिगरले उनको राम्रो चिनारी बनाइदियो । सुरुवाती दिनभन्दा पछिल्लो समयमा उनी थप स्मार्ट एवं बोल्ड देखिए ।

५२ बषिर्य अक्षयले आज नामको फिल्मबाट सिल्भर स्त्रिmनमा प्रवेश गरेका थिए । यद्यपि त्यसका उनेको रोल केवल ७ सेकेन्डको थियो । सौगन्धबाट भने उनी लिड रोलमा देखिए, जो फ्लप भयो । १९९२ मा प्रदर्शनमा आएको फिल्म खिलाडीले भने उनलाई बलिउडमा खिलाडी नै बनायो । त्यसपछि दर्जनौ हिट फिल्म दिएका उनी विगतको भन्दा बढी स्मार्ट देखिन्छन् ।

५२ बषिर्य माधुरीले सन् १९८४ मा अबोध नामक फिल्मबाट बलिउड डेब्यु गरेकी हुन् । यसका साथै उनले तेजाब, दिल तो पागल है, दिल, साजन जस्ता केहि हिट फिल्म दिएकी छिन् । उनलाई राम्ररी नियाल्ने हो भने, विगतमा जस्तै उनी अझै आकर्षक देखिन्छिन् ।

अरबाज खानसँग दाम्पत्य सम्बन्ध तोडेर अर्जुन कपूरसँग नयाँ सम्बन्ध स्थापित गरिरहेकी मलाइृका अडोरा एक छोराकी आमा हुन् । मलाईकाले मोडलिङबाट करियर सुरु गरेकी थिइन् । १९९८ मा सार्वजनिक भएको फिल्म दिल सेको छैया छैया गीतबाट उनी चर्चामा आइन् । त्यसपछि उनले थुप्रै आइटम नम्बर गरिन् । करियरको पूवार्द्धमा भन्दा मलाईका अहिले बोल्ड देखिन थालिएको छ ।

६३ बषिर्य अनिल कपुरले सुरुवाती दिनमा सानोतिनो रोलमा चित्त बुझाए । उनले केहि फिल्ममा साइड रोल गरे । वो सात दिन नामक फिल्मबाट भने मूख्य भूमिकामा देखा परे । थुप्रै सुपरहिट फिल्म दिएका अनिल अहिले पहिला भन्दा बढी स्मार्ट देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment