Comments Add Comment

विश्वकप लिग २ : अमेरिकाले टस जित्यो, नेपालले पहिले व्याटिङ गर्ने

२५ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

नेपाली टिममा आज दुई खेलाडी परिवर्तन गरिएको छ । शरद भेषवाकर र रोहित कुमार पौडेलको स्थानमा आज सुवास खकुरेल र कुशल मल्ल पहिलो रोजाइमा परेका छन् ।

कुशलको यो डेब्यु ओडीआई खेल हुनेछ । यसअघि ओमानविरुद्धको खेलमा अर्धशतक बनाएका शरद चोटका कारण बाँकी सिरिजबाट बाहिरिसकेका छन् । उनको स्थानमा वैकल्पिक सूचीमा रहेका सुवाससलाई राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment