Comments Add Comment

दोस्रो चरणमा एपीएफ र पुलिसलाई सफलता

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा जित हात पारेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार भएको खेलमा एपएफले चितवन टाइग्रेसमाथि २५–११, २५–११ र २५–१८ को सोझो सेटमा पराजित गर्दै सफलता हात पारेको हो । यससँगै एपिएफले १० खेलबाट २९ अंक जोडेर शीर्षस्थानलाई यथावत राख्न सफल भएको छ ।

यस्तै दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–२० र २५–१७ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट १७–२५ ले गुमाएको थियो । तर, चौथो सेटमा पुलिस २५–१३ ले विजयी हुन सफल भयो । जितसँगै पुलिसको १० खेलबाट २८ अंक पुगेको छ । पराजित आर्मी २१ अंकसहित तेस्रो स्थानमा यथावत छ ।

एपिएफसँग पराजित भएको चितवनले बुलबुले रारा भलिबल क्लबमाथि २५–२०, २५–१२ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ । यससँगै चितवनले ११ खेलबाट १६ अंक पुगेको छ । बुलबुले १३ अंक जोडेर छैटौ स्थानमा झरेको छ ।

शनिबारै पहिलो राउन्डको अन्तिम खेलमा बुलबुले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । डायमन्डले बुलबुलेमाथि २५–२१, २५–२२ र २५–१२ को सहज जित निकाल्यो ।

यसँगै डायमन्डले पहिलो राउन्डमा ९ खलेबाट १८ अंक जोड्यो । दोस्रो राउन्डमा आइतबार चार खेल हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment