Comments Add Comment

वनभोज खाना गएका एक जना राप्ती नदीमा डुबेर बेपत्ता   

२६ माघ, राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

शनिबार अपराह्न बेपत्ता हुनुभएका उहाँलाई हालसम्म फेला पार्न नसकिएको चन्दले बताइ । शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment