Comments Add Comment

गल्तीले सेन्सर नभएको चलचित्र हलमा पुग्योः निर्देशक सापकोटा

चलचित्र ‘सेल्फी किंग’का संवादहरुमा अपशब्दहरु प्रयोग भएका छन् । बुधबार गरिएको प्रिमियर शोमा ती संवादहरु काटिएको थिएन । पि्रमियरको दिन चलचित्रको सेन्सर भइरहेकाले प्रिमियरमा उक्त शब्दहरु हटाइएको थिएन ।

प्रिमियर शोमा उपस्थित दर्शकले त्यहाँ राखिएका केही अपशब्दहरुमा सेन्सरले कैंची लगाउने अनुमान गरिरहेका थिए । सेन्सरले चलचित्र हेरेपछि निर्माण पक्षलाई ती शब्दहरुमा ‘बिप’ गर्न पनि आग्रह गरेको थियो । तर, केही हलहरुमा भने ती संवादहरुमा बिप नगरी प्रदर्शन गरियो ।

शुक्रबार रिलिज भएको यस चलचित्रलाई दर्शकले तीनै अपशब्द सहितको चलचित्र हेरे । शनिबार बिहानी शोमा पनि ती संवादहरु काटिएको थिएन । हलमा अपशब्द सहितको चलचित्र रिलिज भएपछि सेन्सर बोर्डमाथि प्रश्न उठ्न थाल्यो । अनुगमन टोली माथि पनि प्रश्न गरियो ।

चलचित्रका निर्देशक विशाल सापकोटा भने आˆनै गल्तीले सेन्सर नभएको चलचित्र हलमा लागेको स्विकार्छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘सेन्सरबाट ती संवादहरुमा औँला उठाउनु भएको थियो । हामीले विप पनि लगाएका थियौँ । तर, कुनै कुनै हलमा प्रिमियर शोको लागि तयार गरिएको फाइल नै परेछ । त्यसमा हाम्रो गल्ती भयो ।’

अहिले भने सम्पूर्ण हलहरुमा सेन्सर गरेको चलचित्र रिप्लेस भइसकेको निर्देशक सापकोटाले बताए । उनले भने, ‘हामीले यस कुरा आज मात्रै थाहा पायौँ । थाहा पाउने बित्तिकै डिसिएनलाई भनेर सम्पूर्ण हलमा रिप्लेस गर्न लगाइसकेका छौँ । अब त्यो संवाद चलचित्रमा सुनिने छैन ।’

विपिन कार्कीको मुख्य भूमिका रहेको यस चलचित्रले सन्तोषजनक व्यापार गरिरहेको छ । चलचित्रलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment