News Summary
Generated by OK AI. Editorially reviewed.- ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्डमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
- निर्देशक पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशकको अवार्ड जिते
- कोनन ओ’ब्रायनले लगातार दोस्रो वर्ष अवार्ड समारोहको होस्टिङ गरेका छन्।
लस एन्जलस । राजनीतिक थ्रिलर फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्डमा उल्लेखनीय सफलता हासिल गरेको छ । आइतबार लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित समारोहमा यो फिल्मले सर्वश्रेष्ठ फिल्मसहित कुल ६ अवार्ड जित्दै यस वर्षको प्रमुख विजेता बनेको हो ।
निर्देशक पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने उनले उत्कृष्ट मौलिक पटकथा विधामा पनि अस्कर हात पारे । अवार्ड ग्रहण गर्दै एन्डरसनले आफूले यो फिल्म आफ्ना सन्तानका लागि लेखेको बताएका थिए ।
उनले भने, ‘हामीले छाडेर जाने संसारका कारण आफ्ना छोराछोरीसँग माफी माग्न यो फिल्म लेखेको हुँ । तर उनीहरू नै भविष्यमा सामान्य समझदारी र सभ्यताको भावना फर्काउने पुस्ता बन्नेछन् भन्ने आशा पनि छ ।’
अमेरिकाको एक प्रकारको पुलिस–राज्यमा रूपान्तरण भएको राजनीतिक वातावरणलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको यो फिल्मले सत्ता, निगरानी र नागरिक स्वतन्त्रताबीचको तनावलाई चित्रण गर्छ । सशक्त कथा, निर्देशन र अभिनयका कारण फिल्मले समीक्षक र दर्शक दुवैबाट व्यापक प्रशंसा पाएको थियो ।
अस्करमा ‘वन ब्याटल आफ्टर अनदर’पछि सबैभन्दा धेरै चर्चा बटुल्ने फिल्म “सिनर्स” रह्यो। यस फिल्मले ४ अवार्ड जित्यो, जसमा रायन कुगलरको मौलिक पटकथा र माइकल बी. जोर्डनको उत्कृष्ट अभिनेता अवार्ड प्रमुख थिए ।
यी दुवै फिल्म वार्नर ब्रदर्सबाट निर्माण भएका हुन्, जसले सन् २०२५ मा कम्पनीका लागि उल्लेखनीय सफलता दिलायो । सोही वर्ष स्टुडियोले “सुपरम्यान”, “अ माइन्क्राफ्ट मुभी” र “वेपन्स” जस्ता चर्चित फिल्महरू पनि प्रदर्शन गरेको थियो ।
तर यी सफलताबीच कम्पनीको भविष्य भने केही अनिश्चित देखिएको छ । वार्नर ब्रदर्स डिस्कभरीले आफूलाई करिब १११ अर्ब डलरमा प्यारामाउन्टलाई बेच्ने सम्झौता गरेको छ । नियामक निकायबाट स्वीकृति पाएमा यो सम्झौताले हजारौँ रोजगारी गुम्ने र हलिउड उद्योगमा थप विलय तथा संरचनात्मक परिवर्तनको अवस्था सिर्जना हुन सक्ने अनुमान गरिएको छ ।
चलचित्र ‘ह्यामनेट’मा आफ्ना साना छोराको मृत्युको पीडासँग जुधिरहेकी एक आमाको भावनात्मक भूमिका सशक्त रूपमा प्रस्तुत गरेकी जेसी बक्ली उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।
माइकल बी. जोर्डनलाई भने ‘सिनर्स’मा डेल्टा क्षेत्रमा रहेको जुक जोइन्टका जुम्ल्याहा मालिकहरूको भूमिका निभाएबापत उत्कृष्ट अभिनेताको सम्मान प्रदान गरिएको हो ।
![]()
विजेता सूची :
उत्कृष्ट फिल्म : वान ब्याटल आफ्टर अनदर
उत्कृष्ट अभिनेत्री : जेसी बक्ली – ह्याम्नेट
उत्कृष्ट अभिनेता : माइकल बी जोर्डन (सिनर्स)
उत्कृष्ट निर्देशक : पल थोमस एन्डरसन – वन ब्याटल आफ्टर अनदर
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : सेन्टिमेन्टल भ्यालु (नर्वे)
उत्कृष्ट मौलिक गीत : गोल्डेन – के-पप डेमन हन्टर्स
उत्कृष्ट छायांकन : सिनर्स
उत्कृष्ट फिल्म सम्पादन : वन ब्याटल आफ्टर अनदर
उत्कृष्ट ध्वनि : एफ वान
उत्कृष्ट मौलिक सङ्गीत (ओरिजिनल स्कोर) : सिनर्स
उत्कृष्ट भिजुअल इफेक्ट्स : अवतार फायर एन्ड एश
उत्कृष्ट छोटो वृत्तचित्र (डकुमेन्ट्री) फिल्म : अल द एम्प्टी रुम्स
उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री) फिचर फिल्म : मिस्टर नोबडी अगेंस्ट पुटिन
सहायक अभिनेता : वन ब्याटल आफ्टर अनदर
प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन
उत्कृष्ट मौलिक पटकथा : सिनर्स
सहायक अभिनेत्री : वेपन्स’
अनुकूलित पटकथा : “वन ब्याटल आफ्टर अनदर
मौलिक पटकथा : सिनर्स
उत्कृष्ट एनिमेटेड फिचर फिल्म : के-पप डेमन हन्टर्स
उत्कृष्ट एनिमेटेड छोटो फिल्म : द गर्ल हु क्राइड पर्ल्स
कस्ट्युम डिजाइन : फ्रान्केनस्टाइन
उत्कृष्ट कास्टिङ : वन ब्याटल आफ्टर अनदर
लाइभ-एक्सन छोटो फिल्म : द सिङ्गर्स
मेकअप तथा हेयरस्टाइलिङ : फ्रान्केनस्टाइन
प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन
प्रतिक्रिया 4