+
+
Shares

ट्रम्पको चेतावनी : होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते ९:३१

२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताएका छन् ।

‘फाइनाइन्सियल टाइम्स’ सँगको अन्तरवार्तामा उनले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा राख्दै युरोपेली मुलुकका तर्फबाट कुनै प्रतिक्रिया नआए नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुन सक्ने चेतावनी दिएका हुन् ।

एक दिनअघि मात्रै ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र ब्रिटेनसँग होर्मुज स्ट्रेट खुलाउनका लागि भइरहेको संयुक्त प्रयासमा सहभागी हुन अपील गरेका थिए ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग बेइजिङमा हुने भनिएको आगामी बैठक अगाडि नै चीनले होर्मुज स्ट्रेट खोल्न सहयोग गर्ने पनि विश्वास व्यक्त गरे ।

‘चीनलाई ९० प्रतिशत तेल यही स्ट्रेटबाट उपलब्ध हुन्छ,’ उनले भने ।

ट्रम्प र सिबीच मार्च अन्तिमतिर बेइजिङमा बैठक तय भएको छ । तर, ट्रम्पले त्यसअघि नै चीनले होर्मुज स्ट्रेट खुलाउन कÞदम उठाउनु पर्ने उनको भनाइ थियो ।

ट्रम्पले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने पनि संकेत गरेका छन् । यद्यपि, उनले यसबारे स्पष्ट जानकारी नदिएको बीबीसीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?