+
+
Shares

होर्मुज स्ट्रेटको सुरक्षाका लागि ट्रम्पले युद्धपोत आशा गरेपछि कुन देशले के भने ?  

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई होर्मुज स्ट्रेटको सुरक्षाका लागि युद्धपोत पठाउन अपिल गरेका छन्।
  • बेलायतको रक्षा मन्त्रालयले यस क्षेत्रमा पानीजहाजको सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पमा छलफल गरिरहेको बताएको छ।
  • चीनले युद्ध तुरुन्तै अन्त्य गर्न अपिल गरेको र स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्नु सबै पक्षको जिम्मेवारी भएको जनाएको छ।

१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्रुथ सोसलमा एक पोस्ट गर्दै चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले होर्मुज स्ट्रेटको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउने विश्वास व्यक्त गरेका छन्।

बीबीसीका अनुसार, ट्रम्पको यो अपिलमा केही देशहरूले प्रतिक्रिया दिएका छन् ।

बेलायत: बेलायतको रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हामीले पहिले पनि भनिसकेका छौं, हामी यस क्षेत्रमा पानीजहाज (सिपिङ) को सुरक्षा सुनिश्चित गर्न हाम्रा सहयोगी र साझेदारहरूसँग विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छौं।’

चीन: वासिङ्टनस्थित चिनियाँ दूतावासका एक प्रवक्ताले सीएनएनलाई भने, ‘चीन तुरुन्तै युद्ध अन्त्य गर्न अपिल गर्दछ ।’

चीनले ट्रम्पको अनुरोध स्वीकार गर्ने वा नगर्ने भन्नेबारे प्रवक्ताले केही खुलाएनन्, तर उनले स्थिर र विना कुनै अवरोध ऊर्जा आपूर्ति सुनिश्चित गर्नु सबै पक्षको जिम्मेवारी भएको बताए। उनले चीनले सम्बन्धित पक्षहरूसँग संवादलाई निरन्तरता दिने बताए ।

जापान: अमेरिकालाई आफ्नो सबैभन्दा नजिकको सहयोगी मान्ने जापानले अहिलेसम्म ट्रम्पको अपिलमा आधिकारिक प्रतिक्रिया दिएको छैन। यद्यपि, अधिकारीहरूले आइतबार जापानी सञ्चारमाध्यम एनएचकेलाई बताएअनुसार यो मुद्दा बुधबारदेखि सुरु हुने प्रधानमन्त्री सानाए ताकाइचीको अमेरिका भ्रमणको एजेन्डामा समावेश हुन सक्छ।

विदेश मन्त्रालयका एक अधिकारीले एनएचकेलाई भने, ‘जापानले ट्रम्पले भन्दैमा तुरुन्तै नौसैनिक जहाजहरू पठाउने छैन।’ ती अधिकारीले थपे, ‘जापान आफ्नो प्रतिक्रिया आफैं तय गर्छ र स्वतन्त्र निर्णय लिनु हाम्रो आधारभूत कुरा हो।’

फ्रान्स: फ्रान्सेली सरकारले पनि तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर शनिबार, ट्रम्पको पोस्टको केही घण्टापछि नै विदेश मन्त्रालयको आधिकारिक एक्स अकाउन्टले फ्रान्सले होर्मुज स्ट्रेटमा आफ्ना युद्धपोत पठाउँदैछ भन्ने खबरहरूलाई अस्वीकार गरेको छ।

पोस्टमा भनिएको छ, ‘होइन, विमानवाहक पोत (एयरक्राफ्ट क्यारिअर) र त्यसको समूह पूर्वी भूमध्यसागरमै रहनेछ। स्थितिमा कुनै परिवर्तन आएको छैन। यो अडान रक्षात्मक हो।’

दक्षिण कोरिया: ट्रम्पको अपिलमा दक्षिण कोरियाको तर्फबाट पनि अहिलेसम्म कुनै प्रतिक्रिया बाहिर आएको छैन।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?