News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको हेटौंडामा इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै करिब ५ सय विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
- विद्यार्थीहरूले 'हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर' भन्दै नारा लगाएका थिए।
- सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् र बलात्कारपछि हत्या भएको आरोप छ।
१ चैत, हेटौंडा । मकवानपुरको हेटाैंडामा इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन ।
आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरू सडकमा उत्रिएर प्रर्दशन गरेका हुन ।
प्रर्दशनकाे क्रममा विद्यार्थीहरूले `हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर´ भन्दै नारा लगाएका थिए ।
हेटौंडा क्याम्पसका विद्यार्थीहरूकाे नेतृत्वमा भएकाे प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि, सिद्धार्थ ल क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्याथीहरू उपस्थित रहेकाे विद्यार्थी नितेश भण्डारीले बताए ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।
विककाे बलात्कारपछि हत्या भएकाे आराेप लगाउँदै दाेषीलाई कानुनी कारबाहीकाे माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेकाे छ ।
प्रतिक्रिया 4