+
+
Shares

अटम डुराल्ड बनिन् छायांकन विधामा अस्कर अवार्ड जित्ने पहिलो महिला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते ७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'सिनर्स'की छायांकन निर्देशक अटम डुराल्ड अर्कापाउ अस्कर इतिहासमा उत्कृष्ट छायांकनतर्फ पहिलो महिला विजेता बनेकी छन्।
  • अर्कापाउले आईम्याक्स ६५ एमएम र अल्ट्रा प्यानाभिजन प्रविधिमा छायांकन गर्ने पहिलो महिला सिनेमाटोग्राफर बनेर पनि इतिहास रचेकी छन्।
  • अस्करअघि उनी बाफ्टा, ब्रिटिस सोसाइटी अफ सिनेमाटोग्राफर्स र अमेरिकन सोसाइटी अफ सिनेमाटोग्राफर्स अवार्डमा मनोनयनमा परेकी थिइन्।

लस एन्जलस । फिल्म ‘सिनर्स’ की छायांकन निर्देशक (डीपी) अटम डुराल्ड अर्कापाउले अस्कर इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन् ।

उनी उत्कृष्ट छायांकन (सिनेमाटोग्राफी)तर्फ अस्कर जित्ने पहिलो महिला बनेकी हुन् । फिलिपिनो र अफ्रिकन-अमेरिकन क्रियोल मूलकी अर्कापाउ यो अवार्ड जित्ने पहिलो महिला हुन् ।

यस विधाको इतिहासमा हालसम्म केवल तीन महिलाले मात्र मनोनयन पाएका थिए । सन् २०१८ मा रेचल मोरिसन चलचित्र “मडबाउन्ड”का लागि, सन् २०२१ मा एरी वेगनर “द पावर अफ द डग”का लागि र सन् २०२२ मा म्यान्डी वाकर “एल्भिस”का लागि मनोनयनमा परेका थिए ।

अर्कापाउले “सिनर्स” चलचित्रका लागि आईम्याक्स ६५ एमएम र अल्ट्रा प्यानाभिजन प्रविधिमा छायांकन गर्ने पहिलो महिला सिनेमाटोग्राफर बनेर पनि इतिहास रचेकी छन् ।

अस्करअघि आयोजित विभिन्न प्रतिष्ठित अवार्डमा पनि अटम डुराल्ड अर्कापाउ मनोनयनमा परेकी थिइन् । उनलाई बाफ्टा अवार्ड, ब्रिटिस सोसाइटी अफ सिनेमाटोग्राफर्स र अमेरिकन सोसाइटी अफ सिनेमाटोग्राफर्सले मनोनयन गरेका थिए ।

अस्करअघि भएका ती सबै अवार्डमा उनी विजेता बन्न सकिनन् । त्यसका बाबजुद पनि अन्ततः उनले ओस्कार जित्दै ठूलो सफलता हासिल गरिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?