Comments Add Comment

अध्ययन भन्छ ‘जीवनशैलीमा ध्यान दिए सहजै रोक्न सकिन्छ डिमेन्सिया’

गरिब तथा निम्न आय भएका मुलुकमा मुख्य समस्याको रुपमा रहेको डिमेन्सिया-बिर्सने रोग)को उपचार नियमितको जीवनशैलीमा गरिने सामान्य परिवर्तनबाट नै सम्भव रहेको अध्ययनले देखाएको छ । विश्वका विभिन्न मुलुकहरुमा गरिएको एक अन्तराष्टि्रय अध्ययनले जीवनशैलीमा गरिने सामान्य हेरचाहले पनि डिमेन्सियालाई धेरैहदसम्म रोक्न सक्ने दाबी गरेको हो ।

सन् २०१५ मा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले गरेको अध्ययनले नेपालमा समेत डिमेन्सियाको समस्या बढ्दो रुपमा रहेको जनाएका थिए । उनीहरुले कमजोर आय भएका नेपाल जस्तो मुलुकहरुमा यसको समस्या झनै धेरै रहेको निष्कर्ष निकालेका छन् ।

डिमेन्सियाको समस्या औषधि र अरु उपचार पद्धतिभन्दा पनि आधारभूत जीवनशैलीको परिवर्तनबाट नै गर्न सकिने अनुसन्धानबाट देखिएको छ । बाल्यकालमा यसको बारेमा राम्रो शिक्षा दिनुका साथै उमेरसँगै राम्रो जीवनशैली अपनाएको खण्डमा यसबाट सहजै बच्न सकिने अनुसन्धानबाट खुलेको हो ।

सन् १८२३ देखि निरन्तर सञ्चालनमा रहेको मेडिकल जर्नल ‘दि लान्सेट’मा प्रकाशित एक अध्ययन अनुसार दिमागलाई क्षति पुर्‍याउने मुख्य कारक तत्वहरुमा श्रवणशक्ति, मोटोपना र धुम्रपान महत्वपूर्ण छ । पछिल्लो अनुमान अनुसार विश्वका करोडौं मानिसहरु डिमेन्सिया र अल्जाइमरबाट ग्रस्त छन् ।

यो आंकडा २०५० सम्ममा १२२ करोडभन्दा माथि पुग्नसक्ने अनुमान गरिएको छ । डिमेन्सिया, जुन मस्तिष्कमा शारीरिक परिवर्तनहरूको कारण हुन्छ । यसले मानिसको स्मरणशक्ति गुम्न जान्छ भने यसले अन्य मानसिक क्षमताहरूलाई समेत बाधा पुर्‍याउँछ ।

डिमेन्सिया कम गर्ने तरिकाहरू :

१. आफ्नो श्रवण क्षमताको ख्याल गर्नुहोस् ।

२. आवश्यक पर्ने यस सम्बन्धी जानकारीलाई पूरा रुपमा अवलम्बन गर्नुहोस् ।

३ धुम्रपान रोक्नुहोस् ।

४ डिप्रेसन कम गर्नुहोस् ।

५ व्यायाम ।

६ सामाजिक गतिविधिमा सहभागी हुनुहोस् ।

७. उच्च रक्तचापको उपचार गर्नुहोस् ।

८. स्वस्थ तौल ।

अनुसन्धानले यो पनि देखाएको छ कि यदि कुनैपनि बिरामीहरु १५ वर्षसम्म विद्यालयमा नै बस्ने गर्छ भने त्यस्तो मानिसलाई डिमेन्सिया हुने सम्भावना ८ प्रतिशतसम्म कम हुन्छ । युनिभर्सिटी कलेज अफ लण्डनका प्रमुख प्राध्यापक गिल लिभिङ्ग्स्टनका अनुसार डिमेन्सियाको संकेत जीवनको उत्तरार्धमा पनि देख्न सकिन्छ । मस्तिष्क परिवर्तन प्रायः वर्षौं अगाडिदेखि विकसित हुन थाल्छ ।

धूम्रपान त्याग्नेको हकमा ५ प्रतिशतले डिमेन्सियाको समस्यामा कटौती हुने गरेको सो अध्ययनले देखाएको छ । सोही अध्ययनका अनुसार सन् २०१५ सम्ममा डिमेन्शियाको विश्वव्यापी लागत ८ खर्ब १८ अर्ब रुपैयाँ डलर खर्च गरिएको थियो । यसको ८५ प्रतिशत खर्च त चिकित्सा हेरचाहको सट्टा सामाजिक र पारिवारिक रुपमा खर्च गर्ने गरिएको छ ।

प्रतिष्ठानका चिकित्सकहरुको अध्ययन पछि प्रकाशित आलेख अनुसार पछिल्ला वर्षहरुमा सामान्य मानिसहरुको तुलनामा ६० वर्षभन्दा माथिका मानिसहरुको जनसंख्या बढ्दै गएको छ । सन् २००१ मा १५ लाख रहेको ६० वर्षभन्दा माथिका मानिसहरुको जनसंख्या सन् २०११ मा पुग्दा ९ प्रतिशतले बढेर २७ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ । आफ्नो नियमित जीवनशैलीमा परिवर्तन नल्याउने हो भने बुढेशकालमा डिमेन्सियाको समस्या बढ्ने गरेको उल्लेख रिपोर्टमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment