Comments Add Comment

अधर-चुम्बन : रोमान्टिक पल साट्ने मेलो

हामीकहाँ खुलमखुला चुम्बन गर्नु त्यती शोभनिय मानिदैन । भनिन्छ, ‘छ्या कस्तो लाजमर्दो !’ जबकी चुम्बनलाई प्रेम अभिव्यक्तको माध्याम मानिन्छ । खासगरी रोमान्टिक पल साट्नका लागि अधर चुम्बन गर्ने प्रचलन छ । यो प्रचलन खासगरी पश्चिमी समाजमा छ ।

यद्यपि तर, एक अध्ययन अनुसार चुम्बन गर्ने संस्कार सबैतिर छैन । विश्वको कुल जनसंख्याको आधाभन्दा पनि कममा मात्र चुम्बन गर्ने प्रचलन छ ।

जसरी परिचितसँग भेट्नसाथ नमस्कार आदनप्रदान गर्छौं, ठिक उसैगरी पश्चिमाहरु चुम्बन साटासाट गर्छ । अर्थात त्यहाँ सामाजिक सद्भावको एक अभिव्यक्ती मानिन्छ, चुम्बनलाई ।

साथीभाई, इष्टमित्र, आमाबुवा, छोराछोरी, श्रीमान्-श्रीमतीबीच जो कोहीसँग चुम्बन साटासाट गर्न सकिन्छ । तर, यी सबैभन्दा भिन्न हुन्छ वैंशालु जोडीबीचको चुम्बन ।

प्रेम जोडीहरु चुम्बनलाई एक यस्तो रसायन मान्छन् जसले दुई युवायुवतीलाई एकाकार बनाउँछ । बीबीसी हिन्दी अनलाइनको एक लेखमा उल्लेख छ, ‘जब हामी कसैलाई चुम्बन गर्छौं, तब एक चुम्बनको क्रममा करीब ८ करोड ब्याक्टेरिया आदन-प्रदान हुन्छ । यसमा सबै ब्याक्टेरिया हानी पुर्‍याउने मात्र हुँदैन ।’

चुम्बन गर्नु पश्चिमी समुदायको देन हो, जो एक पिढींबाट अर्को पिढींमा आएको कतिपयको तर्क छ ।

त्यसो त चुम्बन जस्तै कुनै क्रियाको पुरानो उदाहरण हिन्दुको वैदिक संस्कृतिमा पनि पाइन्छ, जो आजभन्दा ३५ सय बर्ष पुरानो हो । त्यसैगरी मिश्रको प्राचिन संस्कृतिमा चुम्बन गर्नुको साटो मानिसहरु एकअर्काको अंगालोमा बाँधिएर नजिक आउँथे ।

सन् २०१३ मा वलोडारस्कीले चुम्बनको प्रवृत्तिमाथि अध्ययन गरेका थिए । उनले सैयौं व्यक्तिलाई सोधेका थिए कि, चुम्बन गरिरहेको समयमा उनीहरुलाई के कुरा विशेष लाग्छ ?

जवाफबाट थाहा भएको थियो कि, एकअर्काको शरीरको सुगन्धले उनीहरुलाई थप आकषिर्त गर्छ । चुम्बनको क्रममा उनीहरु शरीरको सुगन्ध लिइरहेका हुन्छन् ।

वास्तवमा चुम्बन भनेको एकआपसमा नजिक हुने मेलो नै हो । तर, यसको सुरुवात कहिले भयो ? यसबारे भने थाहा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment