Comments Add Comment

उपत्यकाका विश्व सम्पदा जोड्न साइकल लेन बन्छ : पर्यटनमन्त्री

२६ माघ, काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाइने भएको छ । त्यसका लागि योजना बनिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने उद्देश्यले साइकल लेनबाट सबै विश्व सम्पदालाई जोड्ने योजना बनाइएको उनले जानकारी दिए ।

नेपालका पुरातात्त्विक सम्पदा पुनर्निर्माण, विश्व सम्पदालगायत बारे जानकारी दिन आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले नेपालका सम्पदालाई पर्यटकका लागि आकर्षणको केन्द्र रहेको बताए ।

नेपालका विश्व सम्पदा खतरा र कालो सुचिमा नपर्ने भन्दै उनले ढुक्क हुन आग्रह समेत गरे । ‘नेपालका सम्पदा कालो सूचीमा पर्दैनन्,’ उनले भने । उनले लुम्बिनीमा व्यापार गर्न नपाइने भन्दै परोपकारका लागि खुलेका गुम्बामा व्यापार भएको पाइय कारबाही गर्ने बताए । ‘ती संरचना व्यापारका लागि नभै सेवाका लागि बनाइएको हो,’ उनले भने, ‘यहाँ व्यापार गरेको पाइए कारबाही हुन्छ ।’

मन्त्री भट्टराईका अनुसार भक्तपुर, पाटन र वसन्तपुर दरबारलाई राति समेत भ्रमण गर सकिने गरि व्यवस्थापन भइरहेको छ । लाइटिङ जडानको काम सकिना साथ यी सम्पदामा रात्रीकालिन भ्रमणको व्यवस्था हुने उनले बताए ।

सम्पदा पुनर्निर्माणको काम समेत तोकिएको समयमा पुरा हुने उनको भनाइ छ । बिभागका अनुसार अहिलेसम्म पुनर्निर्माणको ६० प्रतिशत काम सकिएको छ । अबको दुई वर्षमा पुनर्निर्माण सम्पन्न हुनेछ । यसमा धरहरा, रानीपोखरी जस्ता सम्पदा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment