Comments Add Comment

एनआरटीलाई ४-१ ले हराउँदै मनाङ तेस्रो स्थानमा

२६ माघ, काठमाडौं : साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । लिग अन्तर्गत आइतबार भएको ११ औं चरणको अन्तिम खेलमा मनाङले एनआरटीलाई पराजित गर्दै अंक तालिकामा थ्री स्टारलाई पछि पारेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा मनाङले एनआरटीलाई ४-१ ले पराजित गरेको हो ।

३५ औं मिनेटमा विमल रानाको गोलबाट अग्रता लिएको मनाङका लागि अन्जनले ४३ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

६५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङले ३-० को अग्रता बनायो । एनआरटीका लागि ८९ औं मिनेटमा सकल रेग्मीले एक गोल फर्काउँदै गोलअन्तर कम पारेका थिए । तर इन्जुरी टाइममा भारतीय खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाङलाई ४-१ को जित दिलाए ।

जीतपछि ११ खेलबाट मनाङले २२ अंक जोडेको छ । समान खेलबाट २६ अंकसहित त्रिभुवन आर्मी पहिलो स्थानमा छ भने २५ अंक जोडेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । ११ खेलबाट २० अंकसहित थ्री स्टार चौथो स्थानमा छ ।

मनाङसंग पराजित भएपछि एनआरटी भने शीर्ष ६ बाट बाहिरै छ । ११ खेलबाट १५ अंक रहेको एनआरटी सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment