
२६ माघ, काठमाडौं । बुटवलमा एक जना प्रहरी सहायक निरीक्षक असई पाँच हजार घुससहित पक्राउ परेका छन् ।
प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भइ हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत असई सूर्यबहादुर अधिकारीलाई बुटवल उपमहानगरपालिका-८ ट्राफिक प्रहरी पोष्ट रामनगरबाट अख्तियारले घुससहित पक्राउ गरेको हो ।
विभिन्न बहाना बनाएर टिपर रोकेर चालकलाई डर त्रास देखाइ आवत जावतमा सहजीकरण गरिदिने भन्दै घुस लिएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा यसअघि पनि अधिकारीले पटकपटक घुस लिइसकेको उजुरी परेको थियो ।
यस्तै, अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छबिलाल पोख्रेललाई पनि अख्तियारले तीन हजार घुससहित नियन्त्रणमा लिएको छ ।
उनलाई पनि टिपर रोकी चालकलाई धम्क्याएर घुस लिएको उजुरी परेपछि पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।
प्रतिक्रिया 4