+
+
Shares

महाबिहार निर्माणका लागि काठमाडौं महानगरले दियो चार करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १९:११

२६ माघ, काठमाडौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा नेपाली संस्कृति र परम्परा झल्किने नेपाल बज्रयान महाविहार निर्माण गर्नका लागि काठमाडौं महानगरपालिकाले ४ करोड रुपैयाँ बढी अनुदान दिएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चार करोड उनन्तिस लाख अठार हजारको चेक आइतबार महाविहार संचालक समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यलाई हस्तान्तरण गरे ।

स्वदेशी अनुदानमै नेपालको कला–संस्कृति र बौद्धधर्मको पहिचानलाई विश्वासामू चिनाउने गरी सो महाविहार निर्माण सुरु गरे पनि निर्माण सम्पन्न गर्न केही समस्या भएपछि काठमाडौँ महानगरपालिकाले बज्रयान महाविहार निर्माणका लागि आर्थिक अनुदान दिएको बताएको छ ।

चेक हस्तान्तरणपछि सम्वोधन गर्दै मेयर शाक्यले नेपाल गौतमबुद्ध र सगरमाथाको देशका रुपमा विश्वसामू परिचित भएको भन्दै लुम्बिनीमा नेपालको कला, संस्कृति र सम्पदा झल्किने गरी महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले कार्यक्षेत्र भन्दा बाहिर गएर अनुदान दिएको बताए ।

‘हामी विश्वका जुनसुकै देश जाँदा पनि गौतमबुद्ध र सगरमाथाको देशका नागरिक हौँ भनेर गौरवका साथ भन्ने गर्छौ,’ मेयर शाक्यले भने, ‘तर, विश्वभरीबाट गौतमबुद्धको जन्मथलो लुम्बिनी घुम्न आउँदा हाम्रो परम्परा झल्किने खालको महाविहार नदेख्दा पर्यटकहरु खिन्न हुनुपर्ने अवस्था छ ।’

उनले विश्वबाट लुम्बिनी घुम्न आएका पर्यटक र बौद्धधर्मालम्बीहरु नेपाल बज्रयान महाविहार छिर्दा त्यहाँ नेपालको कला, संस्कृतिको झल्को पाउन सकुन भनेर विहार निर्माणका अनुदान दिएको बताए ।

मेयर शाक्यले काठमाडौँ महानगरपालिका संघीय राजधानी भएको ठाउँको पनि महानगरपालिका भएकाले अन्य स्थानीय तहको भन्दा अलिक बढी नै जिम्मेवारी हुने भएको भन्दै अरु स्थानीय तहलाई पनि उदाहरण होस भनेर त्यहाँ अनुदान दिएको बताए ।

मेयर शाक्यले महानगरपालिका पैसा अनुसारको योजना होइन योजना अनुसार पैसा दिन तयार रहेको भन्दै आफ्नै कार्यकालमा महानगर क्षेत्र भित्रका धेरै योजनाहरु पूरा गरि छाड्ने दावी गरे । उनले महानगरका काम विरुद्ध नियोजित तरिकाले विरोध भइरहेको पनि बताए ।

‘हामी काम गर्न चाहन्छौ, तर, एउटा समूह महानगरपालिकाले जहाँ–जहाँ काम गर्न हात हाल्छ त्यहाँ–त्यहाँ खोजेर मुद्दा हाल्न अदालततिर जान्छ र कामलाई अवरोध गर्छ’ मेयर शाक्यले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?