Comments Add Comment

सुदर्शन थापा भन्छन्– हिन्दी चलचित्रसँग कहिलेसम्म भाग्ने ?

सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनका मिति पर्खिरहेको छ, फागुन २३ मा । उक्त मितिमा टाइगर श्राफको ‘बाघी–३’ पनि प्रदर्शन हुने तम्तयारीमा छ । भर्खरै यसको ट्रेलर सार्वजनिक भएको छ, जसले सानोतिनो पराकम्पन पैदा गरिसकेको छ ।

यसको अर्थ सिनेमा घरमा ‘म यस्तो गीत गाउँछु–२’ले ‘बाघी–३’सँग भिड्नुपर्नेछ । त्यसै त बलिउडले तर्साएको नेपाली चलचित्र । त्यसमाथि बहुप्रतिक्षित हिन्दी चलचित्रसँगको भिड्नुपर्ने । यस्तो अवस्थामा धेरैले के अनुमान गरेका छन् भने, ‘म यस्तो गीत गाउँछु–२’ले प्रदर्शन मिति सार्नेछ ।

तर, यो अड्कलबाजीलाई निर्देशक सुदर्शन थापाले खारेज गरिदिएका छन् । उनी आफू कुनै पनि हालतमा उक्त मितिबाट नसर्ने बताउँछन् । उनले भने, ‘हामी सर्दैनौँ । कहिलेसम्म नेपाली चलचित्रहरु बाहिरी देशका चलचित्रहरुसँग भाग्ने ? त्यसो हो भने त नेपाली चलचित्र नै नबनाए भइगयो नि ।’ राम्रो रिलिज डेट सबै हिन्दी चलचित्रले नै लिने र नेपाली चलचित्र पछि हट्ने हो भने नेपाली चलचित्र खत्तम हुने सुदर्शनले बताए ।

आफू कमजोर नभएकाले ‘बाघी ३’सँग जुध्न कुनै डर नभएको सुदर्शनले बताए । उनले भने, ‘हाम्रो गीत संगीतलाई पनि दर्शकले रुचाउनु भएको छ । दर्शकले हाम्रो चलचित्रलाई पनि प्रतिक्षा गरिरहनु भएको छ । त्यसैले हामीले दर्शकको साथ पाउनेमा ढुक्क छौँ ।’

‘बलिउडको प्रतिक्षित चलचित्र आएपछि मल्टिप्लेक्स हलहरुमा शो नपाइने डर छ कि छैन् ?’, अनलाइनखबरको यस प्रश्नमा सुदर्शनले भने, ‘दुई वटा चलचित्र आएपछि शो त बाडिन्छ नै । तर, अब जति शो पाइन्छ त्यसैलाई स्विकार्छौँ ।’

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यस चलचित्रको तीन गीत रिलिज भइसकेका छन् । केही दिनमा नै ट्रेलर रिलिज हुदैँछ । फागुन १ गते चलचित्रको ट्रेलर सार्वजनिक गरिने निर्देशक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment