+
+

लागूऔषध गाँजासहित महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १५:४०

२७ माघ, काठमाडौं । मोरङ प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई सोमबार पक्राउ गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका-५ की ४० वर्षीया रमिना माझी पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले माझीको साथबाट अन्दाजी एक केजी र स-साना प्लास्टिकमा पोका बनाएर राखेको अवस्थामा २८ पोका  गाँजा बरामद गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

विशेष सूचनाको आधारमा प्रहरीको माझीको घरमा पुगेको थियो । घरबाटै प्रहरीले माझीको साथबाट उक्त गाँजा बरामद गरेको उनले बताए ।

माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?