
२७ माघ, काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत सुजुकीका नयाँग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनुहुनेछ । यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्धहुनेछ ।
सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल ६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ ।
सुजुकी ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4