+
+

७५ हजार घुससहित वडा सदस्य र इन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते २०:२३

२७ माघ, काठमाडौं । तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी घुससहित पक्राउ परेका छन् ।

निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

बिभिन्नन बाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अनुसन्धान अघि बढाएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?