Comments Add Comment

ओमान र अमेरिकाबीचको दोस्रो खेल आज

२८ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपालसहित तीन राष्ट्र सहभागी सिरिजमा ओमान तीन खेल जित्दै अपराजित छ । ओमानले नेपाललाई दुवै खेल पराजित गरिसकेको छ भने अमेरिकालाई पनि पहिलो खेलमा पराजित गरेको छ । अमेरिकाले भने ओमान र नेपालसँग १–१ खेल हारेको छ । नेपाल आउनुअघि अंक तालिकामा शीर्ष स्थानमा रहेको अमेरिकालाई ओमानले पछि पारिसकेको छ । १४ अंकसहित ओमान शीर्ष स्थानमा रहँदा अमेरिका दोस्रो स्थानमा छ ।

ओमान काठमाडौंमा अपराजित यात्रा कायम राख्दै अंकदूरी बढाउने योजनामा छ भने अमेरिका यस सिरिजको पहिलो जितको खोजीमा छ । अमेरिकाले ओमानपछि बुधवार घरेलु टोली नेपालसँग पनि खेल्न बाँकी छ ।

आजको खेलमा ओमानलाई पराजित गर्न सके अमेरिका फेरि शीर्ष स्थानमा फर्कनेछ । ओमानले अमेरिकालाई पहिलो खेलमा ६ विकेटले पराजित गरेको थियो ।

अमेरिकाले सन् २०१७ यता ५० ओभरको खेलमा ओमानलाई पराजित गर्न सकेको छैन । त्यसयता ओमानले लगातार सात खेलमा अमेरिकालाई हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment