Comments Add Comment

कोरोना भाइरसका बिरामीलाई कछुवाको मासु !

चीनमा कोरोना भाइरसले महामारीको रुप लिएको छ । यसको संक्रमणबाट मर्नेको संख्यामा लगातार वृद्धि हुदै गएको छ । यसैबीच, चीनमा कोरोना भाइरससंग लड्नका लागि बिरामीहरुलाई कछुवाको मासु दिन थालिएको छ । अति तिव्र रुपमा फैलदै गएको कोरोना भाइरसको प्रकोपका कारण मर्नेहरुको संख्या बढेर ९ सय पुगिसकेको छ भने झण्डै ४० हजार मानिसहरु यसबाट संक्रमित भएको पुष्टि भएको छ ।

यसै बीच कोरोना जस्तो घातक भाइरसको गढ वुहानमा बिरामीहरुलाई यस भाइरससंग लड्नका लागि कछुवाको मासु खान दिइरहेको छ । वुहानका अस्पतालहरुमा यस निर्णयका लागि विशेषज्ञहरुले गम्भीर प्रश्न उठाइरहेका छन् । किन भने चमेरोको सूप पीउनाले नै कोरोना भाइरस मानिसहरुमा फैलिएको मानिन्छ ।

डिनरमा कछुवाको मासु खान दिइयो

डेलीमेलको रिपोर्टका अनुसार हुबेई प्रान्तको राजधानी वुहानका अस्पतालहरुमा भिन्दा–भिन्दै राखिएका बिरामीहरुलाई कछुवाको मासु रातीको खानामा खान दिने गरिएको छ । चिनियाँ सञ्चारमाध्यमहरुमा जारी एउटा भिडियोमा एक जना व्यक्तिले खानामा नरम कवच भएको कछुवाको मासु खान दिएको दावी गरेका छन् । चीनको परम्परागत चिकित्सा विज्ञानमा कछुवाको मासुलाई पोषक तत्वहरुले भरिपूर्ण मानिन्छ ।

प्रोटीनले भरिपूर्ण हुन्छ कछुवाको मासु

चीनमा पाइने कछुवा प्रोटीनले भरिपूर्ण हुन्छ भन्ने मान्यता त्यहा“का मानिसहरुको रहेको छ । जसलाई  खानाले यहा“का बिरामीहरु छिट्टै निको हुन्छन् । यी कछुवाहरुलाई जंगल अथवा प्रजनन केन्द्रहरुबाट ल्याइन्छ र स्वादिष्ट सूप बनाउनका लागि पानी भित्र हालिन्छ । चिनियाँ मीडियामा कछुवाको सूपको यो भिडियो तिव्र रुपमा भाइरल भैरहेको छ । जसलाई कोरोना भाइरसको सामना गर्नका लागि बनाइएको अस्थायी अस्पतालमा खिचिएको थियो ।

चीनका वैज्ञानिकहरुको भिन्दै किसिमको दावी

उक्त भिडियोमा एउटा महिला बिरामीले यस्तो भनिरहेको देखिन्छ—‘भाइ र बहिनीहरु, तपाईंहरु अग्रिम मोर्चामा लडाई लडिरहनु भएको छ र हामी पनि तपाईंको साथमा अग्रिम मोर्चामा संघर्ष गरिरहेका छौं ।’

अर्का एक जना बिरामीले त्यहि भिडियोमा आज हाम्रो खानामा कछुवाको नरम कवच भएको मासु समावेश छ भनेको छ ।

ती बिरामीहरुलाई अस्पतालमा चप्पल, तौलिया, मञ्जन र ट्वाइलेट पेपर दिइएको छ ।

यसैबीच चीनका एक वैज्ञानिकले कोरोना भाइरस मानिसमा प्रवेश गरेको कुराप्रति भिन्दै किसिमको दावी गरेका छन् ।

चमेरोबाट होइन सालकबाट कोरोना भाइरस फैलिएको हो

चीनका वैज्ञानिकहरुले कोरोना भाइरस चमेरो अथवा सर्पबाट मानिसमा फैलिएको कुरालाई अस्विकार गरेका छन् । उनीहरुले सालकले कोरोना भाइसरलाई मानिसमा फैलाएको कुरामा दावी गरेका छन् ।

साउथ चाइना एग्रिकल्चर यूनिभर्सिटीका सर्वेक्षणकर्ताहरुका अनुसार सालकका कारणले नै मानिसहरुमा कोरोना भाइरस फैलिएको हो । करिव एक हजार जंगली जनावरहरुको नमूनाको जाँच गरेपछि चिनियाँ  सर्वेक्षणकर्ताहरुले त्यस्तो दावी गरेका हुन् । जीनोम सिक्वेन्सको आधारमा हेरिने हो भने सालकमा ९९ प्रतिशत कोरोना भाइरस भेटिन्छ । उनीहरुका अनुसार सालकबाट कोरोना भाइरस चमेरोमा फैलिएको र चमेरोबाट मानिसहरुमा फैलिएको हो ।

अति तिव्र रुपमा फैलिरहेको छ कोरोना भाइरस

यसै बीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना भाइरसबाट मर्नेहरुको कुल संख्या बढेर ९ सय भन्दा माथि पुगेको छ र कुल ४० हजार भन्दा बढी मासिन यसबाट संक्रमित भएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा यस विषाणुका कारण शुक्रबार मात्र ८६ मानिसहरुको मृत्यु भयो भने आईतबार करिव ९० जनाको मृत्य भएको छ । तीमध्ये ८१ जना मानिसहरुको मृत्यु हुबेई प्रान्त र त्यसको प्रान्तीय राजधानी वुहानमा भएको थियो ।

यस बाहेक हिलन्गजियाङमा दुई जना, बेइजिङ, हेनान र गांन्सुमा एक–एक जना व्यक्तिको मृत्यु भएको थियो । अहिलेसम्म यस भाइरसबाट चीनमा हजारौ मानिस संक्रमित भैसकेका छन भने मकाउमा १० जना र ताइवानमा १६ जना मानिसहरुमा यसको संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment