+

अमेरिकामाथि ओमान विजयी

२०७६ माघ  २८ गते १६:५२ २०७६ माघ २८ गते १६:५२
अमेरिकामाथि ओमान विजयी

२८ माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अन्तर्गत मंगलबार भएको खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा २ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.१ ओभरमा १ सय ८४ रन बनाउँदा सबै विकेट गुमायो ।

ओमानका बिलाल खान र अकिब इल्यासले ३/३ विकेट लिए भने जिसम मक्सुदले २ र मोहम्मद नदिनले १ विकेट लिए । अमेरिकाका लागि एनके पटेलले ५२, आरोन जोन्सले नटआउन ४७, इयान होलान्डले २८, जेभियर मार्सलले २३ र रस्टी थेरनले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर पनि छुन सकेनन् ।

अमेरिकाका २ ब्याट्सम्यान सून्य रनमा आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले कप्तान जिसन मकसुद र उपकप्तान अकिब इल्यासको शतकको मद्दतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय