Comments Add Comment

लोकेश राहुलको शतकले टरेन भारतको हार, न्यूजिल्याण्डद्वारा सिरिज ह्वाइटवास

२८ माघ, काठमाडौं । न्यूजिल्याण्डले तेस्रो खेल ५ विकेटले जित्दै भारतविरुद्धको एकदिवसीय क्रिकेट श्रृङ्खला ह्वाइटवास गरेको छ । तेस्रो ओडीआईमा लोकेश राहुलले शतक प्रहार गरे पनि भारतलाई हार टार्न पर्याप्त भएन ।

भारत ३ दशकयता पहिलो पटक सिरिजमा विपक्षीबाट ह्वाइटवास भएको हो । यसअघि १९८९ मा भिभियन रिचर्ड्सको वेष्ट इन्डिजले भारतमाथि ५ खेलको सिरिज क्लिन स्वीप गरेको थियो ।

लोकेश राहुलको शतक मद्दतमा भारतले न्यूजिल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो । जवाफमा मार्टिन गुप्टिल हेनरी निकोल्स र कोलिन डे ग्राण्डहोमले अर्धशतक प्रहार गरेपछि न्यूजिल्याण्डले ४७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

ओपनर निकोल्सले सर्वाधिक ८० रन बनाए । उनले १०३ बल खेल्दै ९ चौका प्रहार गरे । पहिलो विकेटका लागि निकोल्स र मार्टिन गुप्टिलले शतकीय साझेदारी गर्दै जीतको आधार खडा गरेका थिए । गुप्टिलले ४६ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६६ रन जोडे ।

यस्तै ग्राण्डहोमले आक्रामक ब्याटिङ गर्दै अविजित ५८ रन बनाए । उनले २८ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । भारतक लागि युजवेन्द्र चहालले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो । ६२ रनमै शुरुवाती ३ विकेट गुमाएको भारतका लागि लोकेश राहुलले इनिङ्स सम्हालेका थिए ।

उनले चौथो विकेटका लागि श्रेयास अयेर र पाँचौ विकेटका लागि मनिस पाण्डेसंग शतकिय साझेदारि गरे । राहुले ११३ बल खेल्दै ९ चौका र २ छक्काको मद्दतमा ११२ रन बनाए । यस्तै अयेरले ६२ रन जोडे । मिनस पाण्डेले ४२ रन बनाए ।

ओपनर पृथ्वी श ले ४० रन जो८ । कप्तान विराट कोहली ९, मयांक अग्रवाल १ र शार्दुल ठाकुर ७ रनमा आउट भए । न्यूजिल्याण्डका लागि हमिस बेन्नेटले ४ विकेट लिए ।

न्यूजिल्याण्डका हेनरी निकोल्स खेलको म्यान अफ दि म्याच घवषित भए । यस्तै न्यूजिल्याण्डकै रोस ६लर म्यान अफ दि सिरिज घोषित भए ।

पाँच खेलको टी २० सिरिज ५-० ले गुमाएको न्यूजिल्याण्डले ओडीआई सिरिजमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो । न्यूजिल्याण्डले ओडीआईमा पहिलो खेल ४ विकेट र दोस्रो खेल २२ रनले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment