Comments Add Comment

आँबुखैरेनीमा स्कुटर रोक्दा भेटियो लागूऔषध, २ जना पक्राउ

२९ माघ, तनहु । बिभिन्न किसिमका प्रतिबन्धित लागूऔषधसहित आँबुखैरेनी प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा संकास्पद स्कुटरलाई नियन्त्रणमा लिँदा लागूऔषध भेटिएको हो ।

मुग्लिङ्गबाट डुम्रेतर्फ जाँदै गरेको ग. १७ प. ३३७२ को स्कुटरलाई रोकी चेकजाँच गर्दा गाउँपालिका-१ सत्र सयस्थित पृथ्वी राजमार्ग सडक खण्डबाट लम्जुङ सुन्दरबजारका ३० वर्षीय आइते तामाङ र स्कुटर पछाडि सवार सोही ठाउँ बस्ने सुजन तामाङ पक्राउ परेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

सुजन तामाङले बोकेको झोलाबाट लागूऔषधहरु डाइजेपाम ५२ थान, नुर्फिन ५१ थान  र फेनारगन ५३ थान गरी  १६६ थान लागूऔषध बरामद गरिएको उनले बताए । स्कुटरसहित दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment