Comments Add Comment

पारसले दिए उमेश पटवाललाई धन्यवाद

करणले समर्पण गरे म्यान अफ दि म्याच अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पदबाट राजीना दिएर नेपालबाट बिदा भएका उमेश पटवाललाई पारस खड्काले धन्यावद व्यक्त गरेका छन् । नेपाली टिमसँग एक वर्षको लागि सम्झौता गरेपनि घरेलु मैदानमा त्रिकोणात्मक सिरिज सकिएपछि पटवाल भारत फर्कँदैछन् ।

नेपालको मुख्य प्रशिक्षक हुनुअघि उनले दुई पटक ब्याटिङ कन्सलट्यान्टको रुपमा पनि काम गरिसकेका थिए । तर यस पटक ३ महिना सम्झौता बाँकी रहँदै उनले छाडेका हुन् । पटवाल प्रशिक्षक बन्दा नेपालका कप्तान पारस खड्का नै थिए ।

 

सिरिज सकिएको भोलीपल्ट पारसले सामाजिक सञ्जालमा पटवाललाई बधाई दिएका छन् । उनले क्रिकेटरको रुपमा अगाडि बढाउन सहयोग गरेकोमा बधाई दिँदै आगामी दिनको लागि शुभकामना दिएका छन् । यस्तै फेरि भेट्ने आशा समेत व्यक्त गरेका छन् ।

यस्तै करण केसीले पनि सामाजिक सञ्चालबाटै पटवाललाई म्यान अफ दि म्याच बापत पाएको अवार्ड समर्पण गरेका छ्न । नेपालमै भएको सिरिजमा करणले अमेरिकाविरुद्ध ४ विकेट लिँदै उक्त अवार्ड पाएका थिए । उनले क्रिकेट वर्ल्डकप लिग २ मा आफ्नो पहिलो म्यान अफ दि म्याच ट्रफी पटवाललाई डेडिकेट गर्दै खेलाडीलाई मैदानभित्र र बाहिर इन्सपायर गरेकोमा धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment