Comments Add Comment

रुपन्देहीको फर्साटिकरमा कृषि, पर्यटन तथा व्यापार मेला सुरु

भौतिक विकासको तुलनामा कृषि क्षेत्रको विकास हुन सकेन : मन्त्री भुसाल

१ फागुन, बुटवल । रुपन्देहीको फर्साटिकरमा प्रथम राष्ट्रिय शुद्धोधन कृषि, पर्यटन तथा व्यापार मेला बिहीबारदेखि सुरु भएको छ ।

‘शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योग तथा व्यापारको पूर्वाधार’ भन्ने नाराका साथ फर्साटिकर व्यापार संघको आयोजनामा मेला सुरु भएको हो ।

मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषिको उर्वरभूमि मधेसका जनतालाई कृषि उद्यमसँग जोडेर समृद्धिको मार्गमा अगाडि बढाउन सरकारले योजना ल्याउने तयारी गरिरहेको बताए ।

भौतिक विकासको तुलनामा कृषि क्षेत्रको विकास कम भएकोमा चिन्ता व्यक्त गर्दै उनले अब किसानहरु एकजुट भएर कृषि उत्पादकत्व वृद्धि गरि कृषि क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिए ।

फर्साटिकर व्यापार संघका अध्यक्ष हुमकान्त पाण्डेले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै ग्रामीण उत्पादनलाई बजारीकरणका गर्न मेला आयोजना गरिएको बताए । मेलामा १ सय २१ वटा स्टल छन् ।

‘तिनाउ पारीको फर्साटिकर पुरानो बजार हो, मेलालाई सफल बनाउने प्रदेशको उद्योग पर्यटन मन्त्रालय र रुपन्देही व्यापार संघ, सुद्धोधन गाउपालिकासँग पनि सहकार्य गरेका छौ ।’ पाण्डेल भने । ग्रामीण क्षेत्रको उदाउँदो बजार फर्साटिकरको विकासमा मेलाले टेवा पुग्ने उनको भनाइ छ ।

मेलामा एक लाख दर्शकले अवलोकन गर्ने र दुइ करोड रुपैयाँ आर्थिक कारोबार हुने लक्ष्य लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment