Comments Add Comment

यति होल्डिङ्सको म्याद थप्नुको कारण छ-प्रधानमन्त्री ओली

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास अवरुद्ध नहोस् भनेर म्याद नसकिँदै यति होल्डिङ्सको लिजको म्याद थपिएको बताएका छन् ।
शनिबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अवधी सिद्धिएपछि मात्रै म्याद थप्दा विकास अवरुद्ध हुन्छ भनेर पहिल्यै थपेका हौं र त्यसरी दिँदा कानुन सम्मत, उचित र आवश्यक ढंगले दिइएको छ ।’

छ वर्ष लिज अवधी बाँकी हुँदाहुँदै म्याद थपेको देख्दा नबोल्ने र त्यसरी म्याद थप्नेहरूले नै आज पाँच वर्ष अवधी छँदा किन दिइयो भन्ने प्रश्न गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘नेपाल ट्रस्टको विषयमा भइरहेको चर्चा परिचर्चा मेरो जानकारीमा छ, ट्रस्टको सम्पत्तिको संरक्षण गरी यसलाई मुलुकको हित हुने गरी उपयोग र प्रवर्द्धन गर्ने काम सरकारले कानून बमोजिम दृढताका साथ गर्छ ।’

नेपाल ट्रस्टको जग्गा ककसले भाडामा दियो भन्ने विषयमा सरकाले छाविन गर्न लागेको उनको भनाई छ ।

संसद्मा प्रधानमन्त्रीले भने, ‘पाथीभरा कसले दिएछ, सोल्टी कसले दिएछ, दरबार अगाडि कसले दिएछ अरु अरु ठाउँमा कसले दिएछ ? छानविन गर्छौं ।’

प्रधानमन्त्री ओलीले विगतमा मातातीर्थस्थित ट्रस्टको जग्गा केही व्यक्तिलाई लाभ पुर्‍याउने गरी दर्ता गरिएको बताए । १७४ रोपनी जग्गा नेपाल ट्रस्ट ऐन विपरीत नक्कली मोही खडा गरेर व्यक्तिको नाममा पुर्‍याइएको बताए । ‘बालुवाटारस्थित ललिता निवासको जस्तै यसको पनि छानविन हुन्छ, त्यो जमीन फिर्ता ल्याइन्छ’, प्रधानमन्त्री ओलीले संसदमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment