Comments Add Comment

अष्ट्रेलियासँग हुने खेलका लागि प्रारम्भिक टोली घोषणा

टिममा परेनन् किरण, विमल, रोहित र अभिषेक

फाइल फोटो

३ फागुन, काठमाडौं । सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिता अन्तरगत अष्ट्रेलियासँगको हुने दोस्रो लेग खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ । ए डिभिजन लिग सकिएकै दिन प्रशिक्षक जोहान कालिनले बन्द प्रशिक्षणका लागि ३१ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेका छन् ।

नेपालले ३१ मार्चमा दशरथ रंगशालामा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । अष्ट्रेलियामा भएको खेलमा नेपाल ५-०ले पराजित भएको थियो ।

प्रारम्भिक टिममा किरण चेम्जोेङ, विमल घर्ती मगर, रोहित चन्द र अभिषेक रिजाल परेका छैनन् भने अन्जन बिष्ट भने फेरि टोलीमा परेका छन् । कारवाहीमा परेपछि बिमल र अन्जन साग खेल्ने टिममा परेका थिएनन् ।

प्रारम्भिक टोलीमा विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, रेजिन धिमाल, सुमन आर्याल, अमृत तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ र विकास खवास छन् ।

यसैगरी अनन्त तामाङ, देवेन्द्र तमाङ, दिलेन लोक्तान, सिसेङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्चेन तामाङ, पुजन उपर्कोटी, अरिक बिष्ट, बीशाल राई ‘बी’ र सुजल श्रेष्ठलाई पनि क्याम्पमा बोलाइएको छ ।

रवी पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज पि्रन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आषिश लामा र बिमल राना पनि प्रारम्भिक टोलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment