Comments Add Comment

रियल मड्रिडसँग बार्सिलोनाको अंक बराबरी

काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा गेटाफेलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदान क्यापनोउमा भएको खेलमा बार्सिलोनाका लागि पहिलो हाफमा एन्टोनी ग्रिजमन र सर्जियो रोवर्टोले गोल गरे । गेटाफेका लागि दोस्रो हाफमा एन्जल रोड्रिगेजले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमै ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि रोबर्टोले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै अग्रता दोब्बर बनायो ।

गेटाफेका लागि रोड्रिगेजले ६६ औं मिनेटमा एक गोल फर्काए । त्यसपछि गोल नहुँदा खेल बार्सिलोनाले २–१ ले जित्यो ।

जितसँगै बार्सिलोनाले रियल मड्रिड समान ५२ अंक जोडेको छ । २४ खेलबाट ५२ अंक जोडेको बार्सिलोना गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ । २३ खेल खेलेको रियल शीर्ष स्थानमै यथावत् छ । २४ खेलबाट ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment