+
+
Shares

अवरोध हटे पनि सुरु भएन पाम तेलको निर्यात

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ फागुन ४ गते २०:४२

४ फागुन, काठमाडौं । भारततर्फ प्रशोधित पाम तेल निर्यातका लागि व्यवहारिक कठीनाइ देखिएको छ । भारतीय लगानीकर्तालाई नेपालबाट पामतेल आयात अनुमति खुलेपनि पाम तेल निर्यात हुने मुख्य दुई नाका विराटनगर र वीरगञ्जबाट एक सता अवधिमा कुनै परिमाणमा निर्यात भने नभएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

यता व्यवसायीहरुले भने नेपालबाट तेल आयात गर्ने भारतीय व्यपारीहरुको अनुमति लिने प्रक्रिया नसकिएकाले निर्यात हुन नसकेको दावी गरेका छन् ।

खुल्ला भएको एकसाता अवधिमा तेल निर्यातका लागि कुनै व्यवसायी भन्सारको सम्पर्कमा नआएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । ‘तेल निर्यात फुकुवा भएको साता बित्यो, तर भन्सारमा निर्यातका लागि कुनै अनुरोध भएको छैन,’ भन्सार प्रमुख शिवप्रसाद भण्डारीले भने ।

पाम तेल आयत र निर्यात धेरै हुने अर्को नाका वीरगञ्जबाट पनि तेल निर्यात शून्य छ । वीरगञ्ज भन्सारमा पाम तेल निर्यात जाँच पास अनुरोधका लागि कोही पनि ब्यापारी नआएको भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए ।

पाम तेलको फुकुवा कानुनी रुपमा मात्रै देखिने किसिमको भएको र यसको ब्यावहारिक पक्ष पहिलेभन्दा जटिल देखिएको विराटनगरका व्यवसायी बताउँछन् । नेपालका २० उद्योगबाट प्रशोधित तेल आयातका लागि धेरै कम्पनीले लाइसेन्स पाएको जानकारी आएको विराटनगरका पाम तेल व्यवसायी प्रकाश मुन्दधा बताउँछन् ।

‘भारतीय पार्टीले पाएको लाईसेन्स विवरण सोमबारसम्म हामीलाई प्राप्त हुन्छ,’उनले भने,’त्यसैको नयाँ सर्तहरुको आधारमा हामी निकासी थाल्छौं ।’

नेपाल सरकारको दबावमा क्षेत्रीय सन्धि सम्झौतालाई टेकेर पाम तेल फुकुवा गर्नु प्रशंसनीय काम भए पनि निर्यात प्रक्रिया भने पहिले भन्दा जटिल बनाइएको व्यवसायीहरुले बताएका छन् ।

भारतले पुस २३ गते नेपाल लगायतका मुलुकबाट आफ्नो मुलुकमा आयात हुने प्रशोधित पाम तेलमा प्रतिबन्धको निर्णय गरेको थियो ।

साफ्टा लगायतका व्यापार समझदारी विपरितको भारतीय निर्णयले नेपाली उद्योगी व्यवसायीलाई मर्का परेको भन्दै उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले अनौपचारिक र औपचारिक कुनीतिक च्यानलमार्फत प्रतिबन्ध हटाउन भारत सरकारलाई अनुरोध गरेको थियो ।

नेपालको आग्रहपछि भारतले प्रतिवन्ध घोषणा गरेको ठीक एक महिनापछि माघ २३ मा घुमाउरो ढंगमा प्रतिबन्ध फुकुवाको निर्णय लिएको थियो ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?