Comments Add Comment

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु

४ फागुन, काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आइतबार सुरु भएको छ । सम्मेलनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा सचिव, रथीबृन्द तथा पृतनापतिहरु सहभागी छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा स्पष्ट कार्य नीतिसहित केन्द्रित भएको परिप्रेक्षमा नेपाली सेनामा आन्तरिक रुपमा भईरहेका भ्रष्टाचार नियन्त्रणका कार्य तथा छानविनमा रक्षा मन्त्रालय र नेपाल सरकारको पूर्ण साथ रहेको बताए ।

उनले नेपाली सेनाले विशेष गरि नागरिकता र प्रमाण पत्रको छानविन, भर्ना छनौटमा भएको अनियमितता माथिको छानविन र कारवाही, आर्थिक अपचलनका विषयमा भएका र भइरहेका छानविन एवम् नियमित अनुगमन जस्ता कार्यले नेपाली सेनामा दीर्घकालीन एवम् सकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको बताए ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सबै तहका कमाण्डरहरुको काम कारवाहीहरु पारदर्शी, नैतिक, पदिय दायित्व बमोजिमको जवाफदेही र उत्तरदायी तथा प्रणाली र पद्दति स्थापित गर्न सहयोगी हुनुपर्ने बताए ।

लागू गरिएका सम्पूर्ण नीति नियमहरुको पूर्ण कार्यान्वयन गर्ने, कार्यान्वयनका क्रममा अव्यवहारिक देखिने नीति नियमलाई समय सापेक्ष बनाउँदै लैजाने कार्यशैलीलाई संगठनको संस्कृतिको रुपमा विकास गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment