Comments Add Comment

छापामा आज : तुइनबाटै गाडी, पारि लगे ६० हजार, वारि ल्याए ३०

चीनको वुहानबाट गरिएको नेपालीको उद्धार आजका अधिकांश दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । त्यस्तै राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमाथि टेकेर पनि पत्रपत्रिकाहरूले आज समाचार बनाएका छन् ।

‘तुइनबाटै गाडी’ शीर्षकमा कान्तिपुरले समाचार लेखेको छ । सरकारले देशलाई तुइनमुक्त घोषणा गरे पनि रुकुम पश्चिमको आठबीसकोट–४,मा स्थित ठूलीभेरी नदीमा भने अझै तुइन हटेको छैन ।

तुइन नभए पनि वारिका गाडी पारि र पारिका गाडी वारि आउँछन्, तुइनमा झुन्डिएर । सवारी धनीले पारि लगे ६० हजार र वारि ल्याए ३० हजार रुपैयाँ तुइन सञ्चालकलाई तिर्छन् ।

कान्तिपुरका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत तल्लु छोटेबगर जोड्न गाडी तार्नकै लागि तुइन बनाइएको हो ।

सरकारले बेलायतलाई सन् १९४७ मा भएको त्रिपक्षीय (नेपाल–भारत–बेलायत) गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि अनुरोध गरेको अर्को खबर पनि कान्तिपुरमा छ । बेलायती सेनाका प्रमुख मार्क कार्लेटोन स्मिथ सातदिने औपचारिक भ्रमणमा शनिबार काठमाडौं उत्रनु ७२ घण्टाअघि सरकारले यस्तो अनुरोध गरेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिए पनि साढे ४ प्रतिशत मात्रै हासिल भएको लेखेको छ । पहिलो त्रैमासमा आर्थिक वृद्धिदरलगायत महत्त्वपूर्ण सूचकांक नकारात्मक भेटिएपछि सरकारको दबावमा केन्द्रीय तथ्यांक विभागले विवरण सार्वजनिक नगरेको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकित भएको खबर नागरिकमा छ भने अन्नपूर्णले वुहानको पीडा खरिपाटी आएपछि नेपालीले भुलेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment