+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

अमेरिका पठाइदिने भन्दै ६० लाख ठगेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १५:५३

५ फागुन, काठमाडौं । अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीया कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अमेरिका जानको लागि बैंक ब्यालेन्स् देखाउनु पर्ने भन्दै कीसानुमायालाई रामचन्द्र कुँवरले प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रुपैयाँ ब्यालेन्स गर्न लगाएका थिए ।

कीसानुमायाले ६० लाख रुपैयाँ खातामा राखिदिएको भोलिपल्टै कुँवरले नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी चावहील, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलमा रहेको प्राइम बैंकको शाखाबाट रकम निकालेर सम्पर्कविहीन भएका थिए ।

पीडित भनिएकी कीसानुमायाले दिएको जाहेरीको आधारमा दुवै जनालाई भक्तपुरको थिमिबाट सोमबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कुँवर र लामाले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?