+
+

डब्बुको क्यालेन्डरमा टपलेस भूमी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १३:१४

नायिका भूमी पेडणेकरले बलिउड फोटोग्राफर डब्बु रतानीको बार्षिक क्यालेन्डरमा टपलेस फोटोसुट गराएकी छिन् ।

सन् २०२० को क्यालेन्डरमा १२ जना बलिउड सेलिब्रिटीको तस्वीर समावेश गरिएको छ । यसपटक उनको क्यालेन्डरमा भूमि पेडणेकर, अनन्या पाण्डे, शर्लिन चोपडा, अक्षय कुमार, टाइगर श्राफ जस्ता बलिउड कलाकारको तस्वीर समावेश गरिएको छ ।

डब्बुको क्यालेन्डरमा बलिउड सेलिब्रिटीको हट तस्वीर समावेश हुने गरेको छ । यसपटक नायिका भूमि पेडणेकर र नायिका कियरा आडवाणीको टपलेस फोटोसुट समावेश छ । यस्तै, नायिका सन्नी लियोनीको पनि टपलेस फोटोसुट समावेश गरिएको छ ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा भूमि पनि उपस्थित थिइन् । यसभन्दा अगाडिका श्रृङख्लामा पनि बलिउडका थुप्रै कलाकारले डब्बुको क्यालेन्डरमा हट फोटोसुट गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?