
६ फागुन, बुटवल । प्रदेश ५ का एक जना प्रदेशसभास सदस्यले विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै समाजवादी पार्टीका सांसद विजयबहादुर यादवले केटीको विवाह गर्ने उमेर १८ वर्ष कायम गर्नुपर्ने माग गरेका हुन् ।
विद्यमान कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिँदा विशेष गरी मधेशी र मुस्लिम समुदायमा यौनजन्य विकृति र अपराध बढेको उनको दाबी छ ।
राज्यले १६ वर्षमा नागरिकता दिने, १८ वर्ष पुगेकालाई मतदान गर्न दिने अनि विवाह गर्ने उमेर २० वर्ष तोक्नु अवैज्ञानिक र अव्यवहारिक भएको उनको तर्क छ ।
प्रहरी प्रशासनले तराईका जिल्लाहरुमा बालविवाहको आरोपमा मधेशी र मुस्लिम समुदायमाथि धरपकड र दुःख दिने काम गरेको भन्दै उनले कानून संशोधन गरी विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4