Comments Add Comment

यौन साथीबाट कस्तो व्यवहारको अपेक्षा ?

सेक्स अर्थात यौन सम्बन्ध । यो शब्द सुन्नासाथ प्राय? मानिसहरु अनौठो व्यवहार गर्न थाल्छन् । जस्तै कोहि मुख लुकाउन थाल्छन् भने कोहि नसुने झैं गर्छन् ।

मानिसहरुबीच शारीरिक सम्बन्ध भन्ने कुरा अति नै जटिल रहेको छ । यसलाई साधारण तरिकाले सम्झन अथवा बताउन अति नै कठिन छ ।

संसारमा जति प्रकारका मानिसहरु छन्, त्यति नै प्रकारका उनीहरुका शारीरिक चाहनाहरु पनि छन् ।

त्यो भन्दा पनि बढि उनीहरुको सेक्सप्रतिको अपेक्षा र कल्पनाहरु छन् । हरेक देश, स्थान, यहाँसम्म कि हरेक मानिसको शारीरिक सम्बन्धप्रतिको  चाहना भिन्दा-भिन्दै हुन्छ ।

जुन विषय यति धेरै जटिल छ, त्यसमा सामान्य यौन्ा सम्बन्ध के हो ? भन्ने कुरा बताउन अझ कठिन छ ।

सेक्सको बारेमा मानिसहरुको रुचीको क्ष्ँेत्रफल यति अलग छ, ठोस रुपमा कुनै नतिजामा पुग्नै सकिंदैन ।

सामान्यतया सेक्स लाइफ के हो अर्थात यौन जीवन भनेको के हो ?

यो प्रश्नको जवाफ खोज्नका लागि यहाँ केही तथ्यांकको सहयोग लिएर एउटा नतिजामा पुग्ने कोशिश गरिएको छ ।

जस्तै हामीले कति सेक्स गर्नु आवश्यक छ अथवा हामी ओछ्यानमा आफ्नो साथीसंग कस्तो किसिमको व्यवहारको अपेक्षा गर्छौं ?

हाम्रो कोशिशको नतिजा बताउनु अगाडि यो एउटा सम्भावित अनुमान मात्र हो, कुनै ठोस नतिजा होइन भन्ने कुरा बुझ्नु पर्छ ।

खुल्ला समाजमा बसोबास गर्ने मानिसहरु पनि सेक्सको बारेमा खुलेर कुरा गर्न हिच्किचाउँछन् । केही मानिसहरु वास्तविकतालाई लुकाउन खोज्छन् भने केहीले वास्तविकताको रुपमा झुठो दावीलाई  बढाइ-चढाइ प्रस्तुत गर्छन् ।

हाम्रो यी तथ्यांकहरुलाई तपाईं एउटा औसत अनुमानको रुपमा हेनुहोस् । कुनै सर्वेक्षणले सेक्सको बारेमा ठोस नतिजामा पुग्न सकिंदैन ।

पहिलो प्रश्न- हामी कति धेरै यौन सम्बन्ध राख्न चाहन्छौ ?

यसको जवाफमा हामीले जुन तथ्यांकमा ध्यान दियौं, त्यस अनुसार सेक्स भन्ने कुरा भिन्दा-भिन्दै मानिसहरुमा फरक-फरक आवश्यकता रहेको पाइयो । तर संसारमा केही त्यस्ता मानिसहरु पनि छन्, जसलाई सेक्सको कुनै आवश्यकता नै महसुस हुँदैन ।

तर यस्तो तथ्यांक कुल जनसंख्याको शून्य दशमलव चार प्रतिशतदेखि शून्य दशमलव तीन प्रतिशतसम्म हुन सक्छ । त्यसो त मूलभूत रुपमा विशेषज्ञहरु के भन्छन् भने करीव एक प्रतिशत मानिसहरु सेक्समा रत्तिभर रुचि राख्दैनन् । त्यो त ती मानिसहरुले पनि कुनै न कुनै क्षण  यौन सम्बन्ध राखेका हुन्छन् ।

त्यसपछि आउँछ समलैंगिक सम्बन्धप्रतिको रुचि । एउटा ठुलो अनुमानका अनुसार संसारभरीमा करीव १५ प्रतिशत मानिस समलैंगिक सम्बन्ध राख्न चाहन्छन् । त्यस्तो प्रकारको सम्बन्ध राख्न चाहनेमा महिला र पुरुष दुबै बराबर छन् ।

यी तथ्यांकहरु समेत तपाईंको प्रश्नको हिसाबले परिर्वतन हुन सक्छन् । वास्तवमा यदि तपाईंले आकर्षणलाई लक्ष्य बनाउनु हुन्छ भने अर्कै जवाफ पाउनु हुनेछ । पहिचानको कुरा गर्ने हो भने अलग्गै आँकडा पाउनु हुनेछ । समलैंगिक व्यवहारको कुरा गर्ने हो भने यो आँकडा पुनः परिवर्तन हुन्छ ।

तर, १५ प्रतिशत व्यक्ति समलैंगिक सम्बन्धमा रुची राख्छन्, यो कुरालाई भने धेरैले स्विकार गरिसकेका छन् ।

(यी आँकडाहरु साइकोलोजी तथा सेक्सुएलिटी नामका वेबसाइटका आँकडाहरुमा आधारित)

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment