
६ फागुन, बुटवल । रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु २ प १८७९ नम्बरको मोटरसाइकल चालक मायादेवी गाउँपालिका–२ भिलरहवाका ६० वर्षीय रमेश लोध रहेका छन् ।
भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लोध सवार मोटरसाइकललाई मायादेवी गाउँपालिका–४ वनकसियामा ठक्कर दिएको थियो । टिपरको ठक्करबाट लोधको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।
दुर्घटनापछि टिपर चाकल फरार भएकाले खोजतलास भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवा पठाएको खत्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4