+

हालान्डको दुई गोलमा डर्टमण्ड विजयी, नेइमारको गोलले पिएसजीको हार टरेन

२०७६ फागुन  ७ गते ७:३९ २०७६ फागुन ७ गते ७:३९
हालान्डको दुई गोलमा डर्टमण्ड विजयी, नेइमारको गोलले पिएसजीको हार टरेन

७ फागुन, काठमाडौं । टिनएज स्टरा एर्लिन हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तसम्म १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मनले पिएसजीलाई २–१ ले पराजित गरेको छ । नेइमारले एक गोल गरे पनि पिसएजीलाई जिताउन भने सकेनन् ।

जर्मन क्लब डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा तीन वटै गोल दोस्रो हाफमा ७ मिनेटको अन्तरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६९औं मिनेमा हालान्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । ७५औं मिनेटमा नेइमारले पिएसजीका लागि बराबरी गोल फर्काए । तर ७७औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि फेरि डर्टमण्डले अग्रता बनाउँदै खेल जित्यो ।

यसै जनवरी विन्डोमा अष्ट्रियन क्लब साल्जवर्गबाट डर्टमण्ड पुगेका हालान्डले गोलको वर्षा गरिरहेका छन् । च्याम्पियन लिगमा पनि उनले खेलेका सातवटै खेलमा गोल गर्ने क्रममा अहिलेसम्म १० गोल गरिसकेका छन् । यस सिजन उनले सबै खाले क्लब प्रतियोगितामा गरी २९ खेल खेल्दै ३९ गोल गरिसकेका छन् ।

उनी पिएसजीका किलियन एम्बाप्पेपछि च्याम्पियन्स लिगमा १० गोल पूरा गर्ने टिनएजर बने ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय