Comments Add Comment

बाँके–बर्दिया कर्णाली प्रदेशमा आइहाल्ने होइन : प्रचण्ड

७ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने योजना नभएको बताएका छन् ।

प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्ने क्रममा प्रचण्डले बाँके र बदियालाई कर्णालीमा, बारा, पर्सा, रौतहटलाई बागमतीमा तथा रामेछाप, दोलखा र सिन्धुलीलाई प्रदेश २ मा गाभ्न सकिने बताएको नेकपाका नेताहरुले बताएका थिए ।

बुधबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आफूले प्रसंगबस मात्र त्यो कुरा भनेको बताए । प्रदेशको भूबनोट सधैं यही रहिरन्छ भन्ने ग्यारेन्टी नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने भन्दै उनले भने, ‘अहिले भर्खरै बाँके बर्दिया कर्णालीमा आइहाल्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment