
७ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन लागि परेको दाबी गरेका छन् ।
उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वय र विकासको आधार वर्ष भएकाले अबका वर्ष प्रदेशको विकास र समृद्धिको वर्ष हुने दाबी गरे ।
७० औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारालाई सार्थक तुल्याउन सरकार हर प्रयासमा छ ।’
जनताले अनुभूति गर्ने गरी काम गर्ने उनको भनाइ छ । दुई वर्ष अगाडि गठन भएको प्रदेश सरकार शहीदहरुले देखेको सपना साकार पार्न कि्रयाशील रहेको दाबी गरे ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले लिएको लक्ष्य र शहीदका सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न प्रदेशवासीलाई आहृवानसमेत गरे ।
कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा राष्ट्रिय झण्डोत्तलन गरेका थिए ।
प्रदशेका मन्त्री, प्रदेश सांसद, मन्त्रालयका सचिवहरु, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारीलगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया 4