+
+
Shares

चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते १७:५९

७ फागुन, काठमाडौं । घुससहित पक्राउ परेका काठमाडौं चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका उनीविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

पौडेललले नगरपालिकाको सूचना, संचार तथा प्रसारण शीर्षकको बजेटबाट कार्यक्रम सञ्चालनको जिम्मा लिएको प्रिमियर डिजिटल मिडिया प्रालिसँग बार्गेनिङ गरी घुसबापत १ लाख रुपैयाँ लिन सवारी चालकलाई पठाएको पुस्टि भएको अख्तियारको भनाइ छ ।

उनीविरुद्ध १ लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय गर्न मागदावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?