Comments Add Comment

पुरानो सामसुङ स्मार्टफोन साटेर नयाँ लैजान सकिने

७ फागुन, काठमाडौं । सामसुङ मोबाईलका लागि आधिकारिक विक्रेता आईएमएसले आˆना अधिकांश आईएमएस स्मार्ट शोरूमहरूमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको छ । ग्राहकहरुले आफ्ना पुराना सामुसुङ स्मार्टफोनहरुमा राम्रो मूल्यांकन प्राप्त गर्न सक्नेछन् । साथै यस सुविधामार्फत सामसुङ स्मार्टफोन एक्सचेन्ज गर्न सक्नेछन्।

इच्छुक ग्राहकहरूले केवल आईएमएस स्मार्ट आउटलेटहरूमा गई आˆनो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्यांकन वेबपोर्टल मार्फत दिनेछ । एक्सचेन्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आˆनो पुरानो सामसुङ स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट गर्न सक्नेछन् ।

तत्काल निम्न आईएमएस स्मार्ट शोरूमहरूमा एक्सचेन्ज सुविधा उपलब्ध छः
१. न्यूरोड, पाको, काठमाडौं
२. रोयलसिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पतालनजिक, जावलाखेल, ललितपुर
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
६.पिपलबोटचोकको नजिक, बौद्ध, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment