+

नेपाली बक्सर पुनमले थाइल्याण्ड ओपन खेल्ने

२०७६ फागुन  ७ गते १८:५९ २०७६ फागुन ७ गते १८:५९
नेपाली बक्सर पुनमले थाइल्याण्ड ओपन खेल्ने

काठमाडौं । नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधबार छनोट भएकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोट प्रतिस्पर्धाको महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशिल थापा मगरले रामेछापका सुवास तामाङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ५७ केजीमा ललितपुरका बुद्ध ग्याम्जो लामाले कास्कीका जुनेश गुरुङ तथा आर्मीका पुरन सुनुवारले प्रहरीका शम्भु राजवंशीलाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

पुरुष ६३ केजीमा झापाका अभिनय राई र काठमाडौंका सनिल शाहीले फाइनल यात्रा तय गरे । अभिनयले नक्सालका मौसम राना मगर तथा सनिलले आर्मीका दानबहादुर दर्लामीको चुनौती पन्छाए । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय