Comments Add Comment

प्रजातन्त्र दिवसको दिन वीरगञ्जमा राजावादीको प्रदर्शन

७ फागुन, वीरगञ्ज । प्रजातन्त्र दिवसको दिन वीरगञ्जमा राजवादीहरुले प्रर्दशन गरेका छन् ।

राजसंस्थाको माग गर्दै आएका उनीहरुले बुधबार दिउँसो बाजागाजासहित प्रदर्शन गरेका हुन् । उनीहरुले मुलुकमा पुनः राजतन्त्र ल्याउनुपर्ने माग राखे ।

नेपाल राष्ट्रवाद संघले वीरगञ्जको घण्टाघर चोकबाट जुलुस निकालेको थियो । जुलुसमा सहभागीले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजसंस्था पुर्नस्थापना गर, राजनीतिक दल मुर्दावादलगायतका नारा लगाएका थिए ।

घण्टाघरबाट निस्केको जुलुसमाइस्थान, आदर्शनगर, घडीअर्वा हुँदै पुनः घण्टघार चोकमा आएर समापन गरिएको थियो ।

त्यसक्रममा बोल्दै नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलहरुका कारण अराजकता, भ्रष्टाचार र लुटतन्त्र बढेको आरोप लगाए ।

‘दलका नेताकै कारण मुलुक बर्बाद भएको छ, अहिलेको व्यवस्थाका कारण जनता आजित भइसकेका छन् उनले भने, ‘मुलुकलाई जोगाउन राजतन्त्र फर्कनै पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment